
रसुवा । नेकपा एमालेको नवौँ रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, उपसचिवमाद्वय चमेली गुरुङ, र सुकबहादुर तामाङ रहनुभएको छ ।
यसैगरी सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहनुभएको छ । यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन हुनुभएको छ ।
वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । जिल्ला कमिटीको सबै पद सर्वसम्वतले चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा