
ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताउनुभएको छ ।
एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आउनुभएका महासचिव पोखरेलले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताउनुभयो ।
‘नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रुपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद् छ भन्ने मलाई लाग्छ’–पोखरेलले भन्नुभयो । गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उहाँको टिप्पणी छ ।
यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उहाँले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गर्नुभएको छ । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया शुरु भएको बताउनुभयो ।
‘यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया शुरु भएको छ’ उहाँले भन्नुभयो– ‘जनता समाजवादी पार्टीका सात जना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो सङ्ख्या अझै बढेर जान्छ’।
लोकतन्त्रमा विधिसम्मत ढङ्गले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उहाँले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा