
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमै सक्रिय हुने निर्णय गर्नुभएको छ । नेकपा विभाजनपछि कम्युनिष्ट एकताको लागि बेग्लै अभियान संचालन गर्दै आउनुभएका पूर्वउपप्रधानमन्त्री गौतमले अन्तत आफ्नो जननी पार्टी एमालेमै फर्कने निर्णय लिनुभएको हो ।
राष्ट्रियसभा सदस्य समेत रहनुभएका नेता गौतमले विगतका गल्ती, कमजोरी सच्याएर आफू अब एमालेमै सक्रिय हुदे बताउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने बताउनुभयो ।
‘मेरो कमजोरी के ? गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु’ उहाँले भन्नुभयो– ‘मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।’ उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी नफुटाएको स्पष्ट पार्नुभयो ।
समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहनुभएको कार्यक्रममा उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा