
काठमाडौँ । नेपाली कांग्रेसले आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहनुभएकोआपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको हो ।
सभापति देउवाले फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) लाई सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा