
मकवानपुर । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ।
वागमती प्रदेश राजधानी हेटौंडाबाटमा आज वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताउनुभयो । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा