
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य रहे पनि सो पार्टीको आन्तरिक किचलोका कारण दुई जनाले मात्रै मुख्यमन्त्रीलाई समर्थन गर्नुभएको थियो । उहाँलाई समर्थन गर्नुभएका नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापा दुवै जना मन्त्री नियुक्त भइसक्नुभएको छ । मुख्यमन्त्रीले गएको मङ्गलबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री थपे पनि सरकारले अझै पूर्णता पाइसकेको छैन । विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । यस प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।
पछिल्लो पटक बझाङमा भएको उपनिर्वाचनमा नेकपा (एमाले) को जितले मुख्यमन्त्री सोडारीको पक्षमा सहज रूपमा बहुमत पुगेको छ । गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य रहनुभएको छ ।
एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीलाई २८ जना प्रदेश सभा सदस्यको समर्थन देखिएकाले उहाँको पक्षमा बहुमत पुग्ने देखिन्छ । उहाँलाई उन्मुक्तिका सातै जना प्रदेश सभा सदस्यले मत दिने सम्भावना रहेको पनि बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना