
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय पूँजी निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण रहेको भन्दै संविधानप्रदत्त श्रमअधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । ‘स्वदेशमै रोजगारी सिर्जना गरी नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न प्रदेश सरकार रोजगारदासँग आवश्यक सहकार्य र सहजीकरणका सँगसँगै अगाडि बढ्न तयार छ’ उहाँले भन्नुभयो ।
‘पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सरकार सबैसँग हातेमालो गर्न चाहन्छ’ उहाँले भन्नुभयो । समृद्ध प्रदेश स्वरोजगारका कार्यक्रम ल्याएर युवालाई स्वदेशमै श्रम गर्ने वातावरण बनाउनका लागि आफूले हरसम्भव प्रयास गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) की नेतृ गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदूरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । उहाँले समान काममा लैङ्गिक आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मजदूर नेता मुरारी शर्माले मजदूर हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
यसअघि पोखराको बसपार्कर्वबाट श्रमिकसहित -याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, मङ्हगी नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारा लगाइएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा