
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी )एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि मजदुर वर्गको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएका समस्या समाधान हुन नसकेकाले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी ति समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि श्रमिक वर्गले विगतका गरेका सङ्घर्ष तथा पुर्याएका योगदानको सम्मान गर्न सकेमा मात्रै श्रमिक दिवसको महत्वलाई स्थापित गर्न सकिने पनि उहाँको भनाई छ ।
‘नेपाली श्रमबजारमा रोजगारीको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक दिन करिब दुई हजार नेपाली मजदूरीका लागि विदेशिन बाध्य रहेका छन् । त्यसैले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी उहाँहरूको आयआर्जनको सुरक्षा, उचित ज्याला एवम् पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित सामाजिक वातावरण सिर्जनामा जोड दिनुपर्ने आवश्यकता छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, श्रमिकको हक, अधिकार र पेशागत सुरक्षाका लागि ट्रेड युनियन सङ्गठनलाई आवश्यक समन्वय र सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय