
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको छ । मंगलबार काठमाडौँमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले क्यूआर कोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गरेको नेकपा (एकीकृत समाजवादी) का पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको पनि उहाले जानकारी दिनुभयो । महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उहाँको भनाई थियो ।
बैठकमा अध्यक्ष नेपालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताउन भएको थियो । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा