
काठमाडौँ । सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन (गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मुलन समिति (युएन सिड कमिटी) आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उहाँले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताउनुभयो ।
नयाँ विधेयक बनाउँदा वा मस्यौदा विधेयकमा संशोधन गर्दा सिडको सिफारिसँग मिल्ने गरी बनाउने आधार वा मार्गनिर्देशनको रुपमा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो– ‘आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको घोषणापत्र अनुरुप आदिवासी महिलाको अधिकार, विशेषगरी उनीहरुको आत्मनिर्णयको अधिकार स्पष्ट रुपमा पहिचान गर्न संविधान संशोधन गर्ने भनी गरेको सिफारिसलाई विधायिकाले प्राथमिकता दिनुपर्छ ।’
मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी जनजाति महिला हरेक क्षेत्रमा पहुँचभन्दा बाहिर रहेको र उनीहरुको अधिकारको सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आदिवासी महिलाको अधिकार दाबी गर्न सिडको सिफारिस कार्यान्वयनको सम्बन्धमा सांसदहरुको दायित्व रहेको बताउनुभयो ।
सांसद रोशन कार्कीले प्रवासमा जाने महिला कामदार बढी शोषित भइरहेका र उनीहरुको विषयमा पनि आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले अन्तरजातीय विवाहले संस्कृति हराउँदै गएको हो की भन्ने चिन्ता प्रकट गर्नुभयो । सांसद शान्ति विकले आदिवासी जनजाति महिला मात्र होइन सबै महिला पीडित रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘आदिवासी जनजाति महिला बढी एकतामा बाँधिएका हुन्छन् जुन अरु समुदायमा त्यति पाइँदैन । सीमान्तकृत महिलाको हक अधिकारको सुनिश्चितता हुनु जरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री