
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताउनुभयो । ‘अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ’ सभापति देउवाले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।’
सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहोनीले कुशल राजनीतिज्ञ स्व थापा बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्नुभयो । उहाँले अहिलेको अवस्थामा मुलुकलाई सही दिशा दिन सबै राजनीतिक शक्ति एकताबद्ध भएर जानुपर्ने धारणा पनि राख्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंहकेसीले मुलुकको राजनीतिक र प्रशासनिक क्षेत्रमा स्व थापाको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन स्व थापाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँले अवलम्बन गरेको दृष्टान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले सादगी जीवन, उच्च विचार भएको राजनीतिज्ञ थापाले मधेश र मधेशी जनताको अधिकारका निम्ति बारम्बार आवाज उठाएको स्मरण गर्नुभयो ।
सो कार्यक्रममा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रा लोकराज बराल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेलगायतले स्वर्गीय थापा एक कुशल राजनीतिज्ञ रहेको चर्चा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री