
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले परिवर्तनकारी शक्ति सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको बताउनुभएको छ ।
नव वर्ष २०८१ का पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै उहाँले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । नयाँ संविधान निर्माणपछि दुई पटक निर्वाचन भइसक्दा पनि मुलुकको स्थायित्व र समृद्धिको यात्रा धर्मराउँदो रहेको भनी चिन्ता व्यक्त गर्दै उहाँले अब पनि नभए कहिले हुने’ भन्ने प्रश्न सबैकासामु खडा भएको जनाउनुभएको छ ।
पूर्वप्रधानन्यायाधीश रेग्मीको सन्देशमा भनिएको छ– ‘केन्द्रमा सत्ता समीकरण फेरिइरहँदा प्रदेश सरकारहरू तासका घर झैँ ढलिरहेका छन् । यस अवस्थामा स्थायित्व र समृद्धि कसरी ? ‘के सोचँौँ, मैले के हुँदैछ अहिले’ भन्ने जस्तो भएको छ ।’
लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी आजपर्यन्त सङ्घर्षरत रहेको जनाउँदै उहाँले समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका मात्र भएको विचार प्रकट गर्नुभएको छ ।
उहाँले यस अवसरमा देशविदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा