
काठमाडौँ । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ ।
सभाको शुक्रबारको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले त्यो सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको हो । सभाको जारी बैठकमा सङ्कल्प प्रस्तावमाथि छलफल भइरहेको छ ।
सभापति पन्त प्रस्तावक रहेको उक्त सङ्कल्प प्रस्तावको समर्थकमा सांसदहरु कृष्णप्रसाद पौडेल, जितजङ्ग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, बिमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गाकुमारी गुरुङ, सोनाम ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह ९गरिमा०, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाय, आनन्दप्रसाद ढुङ्गाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव रहनुभएको छ ।
छलफलमा भाग लिँदै सांसदहरुले त्यो सङ्कल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हक अन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ । नागरिकको उपचार हुन नसकेर अकालमा मुत्यु भइरहेकाले प्रारम्भिक रुपमा रोग पहिचान गर्न, स्वास्थ्य उपकरण सेवा निःशुल्क गर्न, परीक्षण र उपचार अवधिभर आवश्यक आर्थिक सहयोगसहित निःशुल्क उपचारको सुनिश्चितता गरी नागरिकको बाँच्न पाउने हकको सुनिश्चितताका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन जरुरी देखिएकोले सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।
‘पैसा, पहुँच तथा गुणस्तरीय उपचारको अभावमा कुनैपनि नागरिकलाई अकालमा मुत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व कर्तव्य र जिम्मेवारी हुनेछ । लोकतान्त्रिक र लोककल्याणकारी राज्यमा कुनैपनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन । नेपालको संविधान र मानवअधिकारको विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच पाउने हक, अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्यसेवा र सर्वसुलभ उपचारमा पहुँच स्थापित गर्दै कुनैपनि उपचारको सुनिश्चितता गरिनेछ’ सङ्कल्प प्रस्तावमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय