
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानविन समिति बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले शुक्रबार आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानविन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उहाँले बताउनुभयो ।
सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानविन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानविन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । ‘सरकारले छानविन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको छ’ उहाँले भन्नुभयो ।
संसदीय छानविन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उहाँको भनाइ छ । नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताउनुभयो ।
राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताउनुभयो । मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा