
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित हुनुभएको छ ।
प्रदेश सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले निलम्बन गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले शुक्रबार सुदूरपश्चिम प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराउनुभएको छ।
अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेशसभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा सहभागी नभएको र त्यसबारे स्पष्टिकरण सोध्दा चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख गरिएको छ ।
अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुखलाई पठाएको पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर उहाँ बैठकमा उपस्थित नभएको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा