
बागलुङ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ ।
एमाले बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताउनुभयो ।
उहाँले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताउनुभयो । ‘राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौँ, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौँ’, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । उहाँले अबको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै त्यसतर्फ काम गर्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उहाँको भनाइ छ । अहिले देशमा सामाजिक र राजनीतिक अराजकता बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिन नयाँ समीकरण निर्माण गरेको बताउनुभयो ।
एमालेले आगमी चुनावलाई मिसनका रूपमा लिएको बताउँदै एमालेको पक्षमा जनलहर आइरहेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमालेको बहुमत आए पनि विचार मिल्ने राजनीतिक दलसँग सहकार्य भने जारी राख्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय