
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवार आज टुंगो लगाउने भएको छ ।
वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार तोक्न कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे हुँदैछ
निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । प्रारम्भमा संसदीय बोर्डको बैठक हुने तथा त्यसले उम्मेदवारको टुङ्गो लगाएपछि त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने प्रवक्ता विश्वकर्माले बताउनुभयो ।
उपनिर्वाचनमा उठाइने उम्मेदवारका बारेमा सोमबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्षनेताहरूबीच छलफल भएको थियो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा