
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरले पार्टीको केन्द्रीय सर्कुलरअनुसार मकवानपुरका स्थानीय तह र वडास्तरमा संगठन अभियान चलाइरहेको छ ।
अभियान लिएर पार्टीका केन्द्रीय नेताहरु गाउँ पुग्न थालेपछि नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेशको लहर चलेको छ भने नेतृत्व गाउँ आउँदा नागरिकले आफ्ना समस्या भन्न पाएका छन् । पार्टीको काम सोचे भन्दा राम्रोसँग उठेको भन्दै पार्टी नेतृत्व पनि संगठन विस्तारमा जुटेको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडा पछिल्लो समय पार्टी काममा सक्रिय देखिएका छन् । उनले हेटौँडाका विभिन्न वडा, मनहरीका विभिन्न वडा र राक्सिराङमा पार्टीका कार्यक्रममा सहभागिता जनाए । खतिवडाकै अगुवाईमा हेटौँडामा दुई पटक जिल्लाका युवा समूह पार्टी प्रवेश कार्यक्रम भयो ।
‘करिब चार सय युवा एमालेसहित विभिन्न पार्टी परित्याग गरेर नेकपा एसमा प्रवेश गरेका छन्,’ पार्टी केन्द्रीय सदस्य मिना लामाले भन्नुभयो– ‘समाजवादी पार्टीमा युवाको प्रवेशको लहर छाएको छ, यसले संगठन निर्माणमा सहजता भएको छ, महिला, युवा, विद्यार्थी, उद्यमीहरु पार्टीमा आकर्षित भइरहेका छन्, उनीहरुलाई उचित भूमिका र व्यवस्थापन गर्नसके पार्टी अरु पार्टीसरह मकवानपुरमा प्रतिस्पर्धामा आउनेमा हामी ढुक्क छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा