
सुनसरी । नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय झन्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झन्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झन्डा नभएका बेलामा राष्ट्रिय झन्डा राखिएको प्रजिअ अर्चायले बताउनुभयो ।
आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झन्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोसीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग