
मोरङ । बेलबारीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्युभएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किँदा ३ जनाले जीवन गुमाएका हुन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बससँग ठोक्किएपछि बसको पछाडि आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको हो ।
दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीय यदुकान्त भट्टराई, वडा नम्बर ४ की ४४ वर्षीया दीपा खानाल र बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलले जीवन गुमाएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते कमल गाउँपालिका ४ का ४६ वर्षीय हरि खनाल र कमल २ की ४८ वर्षीया गायत्री भट्टराईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृतक दीपा घाइते अवस्थाका हरिकी श्रीमती हुनुहुन्छ । मृतक यदुकान्त घाइते भएकी गायत्रीका श्रीमान् हुुनुहुन्छ । गजुरेल बोलेरो चालक हुन् ।
मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बसले बोलेरोलाई ओभरटेक गर्न खोज्दा तीन सवारी आपसमा जुधेको हो । मृतक र घाइते बोलेरो जीपमा सवार हुन् । टिपर चालक र बसमा सवार रहेकाहरु भने सकुशल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग