+

महानगर प्रहरीको आक्रमणको विरोधमा प्रदर्शन

काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायीमाथि बुधबार साँझ भएको दमनको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले प्रदर्शन गरेका छन् । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारबाही गर्न माग गरेका छन् । 

काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमबाट समस्याको समाधान गर्ने प्रयास गर्नुपर्नेमा महानगर प्रहरी परिचालन गरी सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै  विरोध जनाइएको हो । 

बुधबार साँझ  नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भएका छन्। नगर प्रहरीले पनि ५ प्रहरी घाइते भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै