
काठमाडौँ । न्याय मार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज (बुधबार) भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भए पनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिनुभयो । उहाँले आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिए पनि सकारात्मक भने नदेखिएको आरोप लगाउनुभयो ।
सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने उहाँको भनाइ छ ।
सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित मिटरब्याज पीडितहरु काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित