
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को निर्णयप्रति उपमहासचिव जनार्दन शर्माले असहमति जनाउनुभएको छ ।
माओवादी केन्द्रको बुधबार भएको स्थायी समिति बैठकले ७ वटै प्रदेश इन्जार्च तोकेको छ । उपमहासचिव शर्माले बैठकमा प्रस्तुत गरिएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गर्नुभएको हो । उपमहासचिव शर्माले निर्णयप्रति लिखित रुपमा असहमति जनाउनु भएको हो । माओवादी केन्द्रमा प्रभावशाली मानिनुहुने उपमहासचिव शर्माले बैठकको निर्णयप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असहमति पत्र बुझाउनुभएको छ।
माओवादी केन्द्रले कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकेको छ । उपमहासचिव शर्माले यसप्रति गम्भीर असहमति जनाउनुभएको छ ।
‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ’ उपमहासचिव शर्माले असहमतिपत्र उल्लेख गरिएको छ । राष्ट्रियसभा सदस्य रहनुभएका दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुनुहुन्छ ।
उपमहासचिव शर्माले असहमति पत्रमा ‘स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको भन्दै बिना मगरलाई सहइन्चार्ज बनाएर सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपयलाई पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भिर रहेको’ उल्लेख गर्नुभएको छ ।
‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो’ बैठकपछि उपमहासचिव शर्माले भन्नुभयो, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।’ सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उहाँले जानकारी दिनुभयो ।
आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिनुभएको उहाँले बताउनुभयो । ‘पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो– ‘उहाँले भन्नुभयो– ‘मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग