
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । पक्राउ परेका न्यौपाने सहित सबै तत्कालीन सेन्चुरी बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ ।
पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।
बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सीआईबी स्रोतका अनुसार, देउराली सहकारीका सञ्चालक चौलागाईं र आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको छ । सेन्चुरी बैंकबाट ५० करोड रुपैयाँ बराबरको धितो राखेर सवा २ अर्बको कर्जा लिएको प्रारम्भिक छानबिनमा देखिएको छ । यसरी हेर्दा धितोमा राखिएको सम्पत्ति कुल ऋणको २२ प्रतिशत मात्रै हुन आउँछ ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित