
काठमाडौँ । सामान्य अवस्थामा समेत पास लिएर छिर्नुपर्ने संघीय संसद भवनमा सोमबार अपरान्ह भने आन्दोलनकारीको एउटा हुल नै छिरेर जिन्दावाद र मुर्दावादको नारा घन्काए । सुरक्षा दृष्टिले निकैै संवेदनशिल स्थानमा यसरी आन्दोलनकारीको हुल नै छिरेर हुलहुज्जत गरिरहँदा त्यहाँ उपस्थित सांसद तथा पत्रकारहरु अचम्मित भए ।
संसद भवन त्यहि छिरेर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई केही समयको अलमलपछि प्रहरीले पक्राउ गर्यो । प्रदर्शनकारीलाई प्रहरीले पक्राउ त गर्यो तर यो घटनाले संसद भवनको सुरक्षा कमजोरीलाई भने उदाङगो बनाईदियो ।
सोमबार अपरान्ह भएको यहि घटनाको छानविन गर्न नेपाल प्रहरीले अनुसन्धान गर्न समिति गठन गरेको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित संघीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय–सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गर्दै आएका आन्दोलनकारी आज अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवन परिसर प्रवेश गरेका १ पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले घटनाबारे गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँ उपत्यका प्रहरी प्रमुख दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडौँ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।
प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी आजै अर्को टोली खटाएको छ ।
सम्बन्धित समाचार ...
लघुवित्तपीडितद्धारा बैठक चलिरहेका बेला संसद् भवनमै प्रदर्शन
निषेधित क्षेत्र तोड्ने ४९ जना प्रहरी नियन्त्रणमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ