
काठमाडौँ । वरिष्ठ संगीतकार तथा गायक भक्तराज आचार्यको निधन भएको छ । गायक आचार्यको सोमबार दिउँसो निधन भएको हो ।
८२ वर्षीय आचार्यको अचानक अक्सिजन मात्रा कम भएपछि छोरा स्वरुपराजले ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्य ३० वर्षदेखि दूध मात्रै सेवन गरेर बाँचिरहनुभएको थियो । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उहाँको बिदाइ गर्ने तयारी छ ।
आचार्यको निधनप्रति राजनीतिक दलका नेता, संगीतकर्मी र सर्वसाधारणले सामाजिक संजालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
‘जहाँ छन् बुद्धका आँखा‘ अब यो जादुमय स्वर इतिहास भएको छ’ एमाले अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ– ‘ हार्दिक श्रद्धासुमन भजन शिरोमणि भक्तराज आचार्य ! कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु ।’
१९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्य नेपाली सुगम संगीतमा विशिष्ट स्थान हुनुहुन्छ । उहाँ स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्छ । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उहाँ दर्जनौं भजन समेत गाउनुभएको छ । आचार्यले करिब ४ सय गीतमा स्वर तथा संगीत दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित