
बारा । निजगढ नगरपालिकामा ग्यास सिलिन्डर बिस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । बिस्फोटमा ५ जना घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर ७ स्थित शहीद चोक छेउमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो सिलिन्डर बिस्फोट भएको हो । रोहित वर्कसपमा मजदूरहरुले काम गरिरहेको बेला सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा निजगढ–५ का ४५ वर्षीया रेशम मगर मृत्यु भएको बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । घाइतेको निजगढ नगरपालिका– ९ स्थित ‘निजगढ सामुदायिक अस्पताल’मा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित