
काठमाडौँ । संघीय संसद्को दुवै सदनका बैठक चलिरहेका बेला आन्दोलनरत लघुवित्तपीडित संसद् भवनपरिसर प्रवेश गरेका छन्। विभिन्न मागसहित काठमाडौं आएका पीडितहरू सोमबार बानेश्वर चोकबाट संसद् भवनपरिसर प्रवेश गरेका हुन्।
लामो समयदेखि आन्दोलन गर्दै आए पनि सरकारले माग सम्बोधन नगरेपछि पीडितहरू बैठक चलिरहेकै बेला संसद् भवनपरिसरमा छिरेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो। सामान्य अवस्थामा समेत पास लिएर छिर्नुपर्ने स्थानमा जबर्जस्ती छिरेर प्रदर्शन गरेपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघर–बानेश्वरआसपासका क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिए पनि लघुवित्तकापीडितहरू त्यस क्षेत्र हुँदै संसद् भवनपरिसर प्रवेश गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित