
काठमाडौँ । इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले यो विशेष कार्यक्रमलाई ‘लेट्स सिङ विथ मेनुका’, ‘मेनुकासँगै गाऔँ’ नाम दिइएको बताउनुभयो । उहाँले गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोरकिशोरीलाई पनि प्रोत्साहित गरोस् भन्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख कार्यकारी शाहका अनुसार दृष्टिविहीन भएर पनि साङ्गीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सबैको ध्यान तानेको थियो । नेपाल आइडलमा भाग लिएपछि मेनुका नेपालीमाझ चिनिनुभएको थियो । भारतीय गायन रियालिटी सो ‘सारेगमप’ मा समेत भाग लिएकी पौडेलको चर्चा त्यति बेला चुलियो, जब उहाँले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु देखाउनुभयो ।
इन्डियल आइडलको प्रस्तुतिले उहाँलाई विश्वभर चिनाएको जनाउँदै प्रमुख कार्यकारी शाहले इन्डियन आइडलकै क्रममा उहाँले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डस्ट्रीमा ‘डेब्यु’ समेत गर्नुभएको बताउनुभयो । वाद्यवादन टिमसहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति