
ललितपुर । नेपाली कांग्रेसमा उद्यमशील युवा कांग्रेस अभियान शुरु भएको छ ।
महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन ७ गतेदेखि भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा शुरु गरिएको अभियानमा पार्टीका केन्द्रीय नेता एवं महासमिति सदस्यले हस्ताक्षर गर्नुभएको छ ।
बाह्र बुँदे सङ्कल्प प्रस्ताव तयार गरी सुरु गरिएको अभियानमा उद्यमशील युवा कांग्रेस निर्माण गर्ने, अबको १० वर्षमा विकसित देश बनाउने, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण गर्ने, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने, पार्टीमा युवालाई आरक्षणको व्यवस्था गर्ने उल्लेख छ ।
प्रदेश र प्रतिनिधिसभामा समानुपातिक व्यवस्था खारेज गर्नुपर्ने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय पर्यटकको सङ्ख्या बढाउनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन र काठ उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने, रोजगारीको सिर्जना र युवालाई सीप सिकाउने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।
पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र समयसापेक्ष परिचालन गर्नुपर्ने, कृषिमा आधुनिकरण र विकासमा प्राथमिकता दिनुपर्ने र पार्टीमा आर्थिक पारदर्शिता र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्ने उल्लेख छ ।
संयोजक कर्णले पार्टीभित्रका युवालाई उद्यमशील बनाई देशको आर्थिक विकासमा लगाई समृद्ध मुलुक निर्माणका लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति