
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा प्रविधि प्रदर्शनी गरिएको छ । केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमापार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरिएको हो ।
विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् ।
प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताउनुभयो ।
प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिनुभएको छ ।
स्वास्थ्य सहायता कक्ष
एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिनुभएको छ भने औषधि समेत उपलब्ध गराइएको छ ।
महासङ्घका अध्यक्ष डा झलक गौतम लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहनुभएको एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । फागुन ८ गतेदेखि शुरु भएको एमालेको बैठक आज सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति