
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रमा विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडित र किसानका समस्या सम्बोधनको माग गर्नुभयो । नेकपा एमालेका नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्ष रूपमा उपकुलपति छनोट गर्न माग गर्नुभयो ।
बैठकमा सांसदहरूले मुलुकमा सुशासन हुनुपर्ने, स्थानीय तहमा बैंकका शाखा सञ्चालन हुनुपर्ने, कर्णाली करिडोर स्तरोन्नति हुनुपर्ने, कृषिका उपज सहज रूपमा बजारमा जाने वातावरण हुनुपर्ने, सहकारी पीडितले न्याय पाउनुपर्ने, मापदण्डविपरीत चुनढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई प्रभावित पार्न नहुने लगायत विषय उठाउनुभयो ।
सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, जाजरकोटका भूकम्पपीडितले अझै राहत नपाएको, मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा तोकिएभन्दा एक दिन अगाडि बिनासूचना लिइएको विषय उठाएका थिए ।
सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महेशकुमार बर्तौला, महेन्द्रबहादुर शाही, मैना कार्की, मानवीर राई, माधव सापकोटा, मुक्ताकुमारी यादव, गङ्गाप्रसाद यादव, मीना तामाङ, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजन केसी, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, लक्ष्मी तिवारी, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठ लगायतले भाग लिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग