
नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ ।
बिहीबार गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गर्दै भन्नुभयो–‘गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने हो ।’
गृहमन्त्री श्रेष्ठले त्यो लक्ष्य हासिल गर्न स्थानीय प्रशासनको प्रभावकारी परिचालन गर्ने नीति लिएको भन्नुहुँदै मुलकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनबाट प्राप्त लाभ जनताले उपभोग गर्ने वातावरण बनाउनका लागि वर्तमान व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने भन्दै आम जनताको जीउधनको सुरक्षा, विधिको शासनको पालना, मानवअधिकारको संरक्षण र सामाजिक स्थायित्व कायम गर्न सरकार लागिरहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले कानुनको अक्षरंश पालना गर्न सुशासन, स्थिरता र विकासका लागि प्रदेश र स्थानीय सरकारको सहकार्यलाई जोड दिँदै हामी अहिले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण चरणमा छौँ भन्नुभयो । उहाँले सङ्घीयता व्यवस्थाबमोजिमको शासकीय प्रणालीको व्यवस्थाका लागि राजनीतिक तथा संस्थागत आधार निर्माण भए पनि प्रशासनिक, कानुनी एवं कार्यनीतिगत कुरा आंशिकरूपमा बाँकी रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन जरुरी भएको औँल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– ‘नागरिक पहिले भन्ने कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’ आर्थिकरूपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले ऋण लिएर ऋण तिर्दैन भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भाव खल्बल्याउने र समाजमा बिग्रह ल्याउनेप्रति चनाखो हुन आग्रह गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो– ‘चेलीबेटी बेचबिखन नियन्त्रण र अपराधसँग साँठगाँठ गर्ने जोसुकैलाई सेवाबाट बर्खास्त गर्नेसम्मको व्यवस्था गर्न निर्देशन गर्छु ।’
वित्तीय अपराधका कारण ठूलो सङ्ख्यामा नागरिक ठगिएका, सहकारी, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रूपमा देखिएकोसमेत उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति