
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक प्रतिपक्ष सांसदहरुले अवरोध गरेका छन् । प्रतिपक्षी दलका सांसदहरुले बालकुमारी घटना र अन्य समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै सदन अवरोध गरेका हुन् ।
बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले सांसद रघुजी पन्तलाई समय दिनुभयो ।नेता पन्तले सरकारमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानविन गरेर बयान लिइरहेका समयमा मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो । एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै यस्तो अहिले त्यस्तो नदेखिएमा त्यस्तो सैह्य नहुने चेतावनी दिनुभयो ।
सांसद पन्तले बालकुमारीमा गोली प्रहारबाट मारिएका दुई युवाको हत्याको घटनामा छानबिनको प्रतिवेदन कार्यान्वयन नभएको पनि गुनासो गर्नुभयो । उहाँले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष डा ल्याक्याल लामाले सरकारी जग्गा विवादितरुपमा भाडामा दिने निर्णय गरेकामा पनि प्रश्न उठाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही नहुने भने यस्ता काम कायम रहेमा संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिनुभयो । उहाँले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरु पुनःकाठमाडौँ आएर आन्दोलन गर्न बाध्य भएको पनि जानकारी गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा अनियमितता, बेरुजु र दण्डहीनता बढेको उल्लेख गर्दै संसदीय व्यवस्थामाथि नै समीक्षा गर्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति