
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकास्थित सितापाइलामा तीन जनाको हत्यापछि आत्महत्या गरेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले मृतक राजु सुनारको भिडियो सन्देश प्राप्त गरेको छ । तीन जनाको हत्या गरेर आत्महत्या गर्नुअघि सुनारले रेकर्ड गरेको भिडियो प्रहरीले फेला पारेको छ ।
आज (बुधबार) बिहान ८ बजेतिर नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित कोठामा तीन जनाको हत्या गरिएको अवस्थामा र त्यहाँबाट अन्दाजी दुई किलोमिटर पर जंगलमा एक पुरूष झुण्डिएको अवस्थामा फेला परेका थिए।
कोठामा ३९ वर्षीया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिसा श्रेष्ठ र २ वर्षीया नातिनी शिवाना श्रेष्ठको शव फेला परेको थियो। शिवाना प्रेमकुमारीकी पूर्वपतिका छोराकी छोरी हुन्।
श्रीमान राजु सुनारले श्रीमती प्रेमकुमारी, छोरी अनिसा र शिवानाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। १५ बर्षका छोरालाई भने सुनारले हत्या नगरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटना हुनुअघि सुनारले छोरालाई पसलबाट समान किनेर ल्याउनु भनेर घर बाहिर पठाएका थिए । सोहि समयमा उनले घरेलु हतियार प्रहार गरी श्रीमती प्रेमकुकारी, छोरी अनिसा र नातिनी शिवानीको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
छोरालाई पसल पठाए, त्यसपछि उनले तीन जनाको हत्या गरेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘हत्या गरेर निस्किँदै गर्दा घर बाहिर छोरो भेटियो । सुनारले छोरालाई त्यहि मोवाईलबाट भिडियो खिच्न लगाए र आफूले तीनै जनाको हत्यागरेको सन्देश रेकर्ड गराए ।’
भिडियोमा सुनारले प्रेमकुमारीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेका कारण आफूले हत्या गरेको कुरा उल्लेख गरेको प्रहरीले बताएको छ । ‘आमा अरू केटासँग लागी, मलाई चैनसँग बाँच्न दिइनँ। आमाजस्तो नहुनू, राम्रो भविष्य होस् । बैंकमा पैसा राखेको छु। मैले बाँच्न सकिनँ त्यसैले मारेँ, गल्ती गरेँ,’ हत्यापछि उनले रेकर्ड गराएको भिडियो सन्देशमा भनिएको छ।
मृतक सुनारले हत्यापछि अन्य आफन्तहरूलाई पनि सम्पर्क गरी हत्याबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट छोराको उद्धार गरेको थियो। अनुसन्धानकै क्रममा छोराबाट बरामद भएको फोनमा भिडियो खिच्न लगाएको फेला परेको हो।
सुनारले तीनजनाको हत्यापछि आत्महत्या गर्न जाँदैछु भनेर आफन्तहरुलाई खबर गरेपछि उनको खोजी गरिरहेको थियो। उनलाई खोजी गर्नेक्रममा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग