
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवले प्रस्तुत गर्नुभएको कार्ययोजनामा समूहगत छलफल शुरु भएको छ। एमालेको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि बुधबारदेखि समूहगत छलफल थालिएको हो ।
पार्टी मुख्यालय च्यासलमा मंगलबारदेखि शुरु भएको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा अवधारणासहितका कार्ययोजना प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा अवधारणा प्रस्तुत गर्नुभएको छ। बैठकमा महासचिव शङ्कर पोखरेल पार्टीको सङ्गठनात्मक कामको समीक्षा सम्बन्धमा योजना प्रस्तुत गर्नुभएको छ। उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनसरोकार जनदबाब सम्बन्धमा अवधारणासहितका कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्य रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ७ समूह विभाजन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिनुभएको छ ।
सचिव बिष्टका अनुसार समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको छ ।
बैठकमा झुलाघाट– चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ र पार्टीको सङ्गठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानका सकारात्मक प्रभावका विषयमा समेत समीक्षा हुने एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति