
काठमाडौँ । तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत आज जारी दोस्रो ओडीआईमा क्यानडा-११ ले नेपाल ‘ए’लाई २४१ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदामा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडा-११ ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रन बनायो ।
क्यानडा–११ का लागि ओपनर ब्याट्सम्यानद्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाएका थिए । उनीहरुले ६४ रनको साझेदारी गरे । एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए ।
चौथो नम्बरका ब्याट्सम्यान नवनित धालिवालले टोलीको खातामा ४६ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा एक छक्का र ६ चौका प्रहार गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले अर्धशतक बनाए । उनले ६८ रन बटुले । मोभाले ८२ बलमा पाँच चौका हिर्काए ।
नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । सागर ढकाल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
नेपालको ‘ए’ टोलीले क्यानडा–११ सँग तीनवटा अनौपचारिक एकदिवसीय खेलको शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । तेस्रो एकदिवसीय खेल बिहीबार खेलिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति