+

‘नेपाली कांग्रेसले अब कुनैपनि निर्वाचनमा गठबन्धन नगर्ने’

काठमाडौँ । ...हामी संकल्प गर्छौं कि– नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन,’ महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा उल्लेख छ। थापाको यही प्रस्तावले कांग्रेसमा सोमबार दिनभर हलचल पैदा गर्‍यो। महासमिति बैठकको बन्द सत्र शुरु हुन सकेन।


पार्टी सभापति शेरबहादुर देउवाले ‘चुनावमा गठबन्धन नगर्ने’ भन्ने प्रतिवेदनको वाक्यांस फेर्न महामन्त्री थापासँग पटक–पटक आग्रह गर्नुभयो । तर थापाले मान्नुभएन । सभापति देउवा अहिल्यै चुनावी गठबन्धनबारे नीति बनाउन नहुने पक्षमा हुनुहुन्थ्यो । तर, महामन्त्री थापालाई आफ्नो प्रस्तावबाट टसमस हुनुभएन । 

महासमिति उद्घाटनपछि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवा निवासमा बस्यो। त्यहाँ पनि महामन्त्री थापा आफ्नो अडानमा अडिग रहनुभयो । चुनावमा गठबन्धन नगर्ने प्रस्ताव लैजाने अडान उहाँ अडिक रहनुभयो । ‘विगतमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो,’ अब गर्दैनौं,’ बैठकपछि महामन्त्री थापाले नेपालकैरनसँग भन्नुभयो,  ‘यही प्रस्ताव महासमितिमा लैजाने निर्णय भयो।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माका अनुसार गठबन्धन शब्द उल्लेख नगर्ने सहमति भएको बताउनुभयो । ‘गठबन्धनबारे मौन बस्ने र संगठन निर्माणमा ध्यान दिने कुरा आयो,’ शर्माले भन्नुभयो, ‘संगठन बलियो बनाइयो भने कांग्रेसलाई अरू दलसँग गठबन्धन गर्ने आवश्यक्तै पर्दैन। 

महामन्त्री थापालगायतका नेताहरूले एक्लै चुनावमा जाने नीतिमा अडान लिएपछि सभाति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल भेटन बालुवाटार पुग्नुभएको थियो । त्यस क्रममा देउवाले ‘पार्टीभित्रको विवादका कारण गठबन्धनमा असर नपर्ने’ आश्वासन दिनुभएको स्रोतको दावि छ । सभापति देउवाले महासमिति बैठकको उद्घाटन सत्रमा पनि चुनावमा गठबन्धन नगर्ने भन्ने कुरा अहिल्यै निर्णय गर्न नहुने धारणा राख्नुभएको थियो । 

महामन्त्री थापाले सरकार निर्माणमा भने गठबन्धन गर्न सकिने प्रस्तावमा उल्लेख गर्नुभएको छ । चुनावी प्रणालीका कारण कुनै एक दलको बहुमत आउन नसक्ने भएकाले सरकार निर्माणमा गठबन्धन गर्न सकिने भए पनि गठबन्धन बनाएर चुनावमा जान नहुने उहाँको प्रस्ताव छ। ‘हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वाभाविक हुन सक्छ,’ महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट