
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उहाँले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो ।
‘प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको विकल्प छैन । जतिसुकै समस्या र चुनौती भए पनि प्रदेश सरकारले सुशासनसहित समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढिरहेको छ’ उहाँले भन्नुभयो । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अङ्गिकार गरेको भन्दै उहाँले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्दति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
‘दिगो शान्ति, समृद्धि र विकासप्रतिको नागरिकको आकाङ्क्षा पूरा गरी सामाजिक न्याय र नागरिकको जीवनमा गुणस्तरीय परिवर्तनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दछु’ मुख्यमन्त्री शाहले भन्नुभयो । संविधानले तीनै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा विकसित हुने कुरालाई प्रमुख प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
संविधानको मर्म र भावना अनुसार तीनै तहबीचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रुप दिन प्रदेश सरकार सधैँ प्रतिवद्ध रहेको मुख्यमन्त्री शाहले उहाँले जानकारी दिनुभयो । प्रदेश सरकार जनतालाई अनुभूति हुने गरी विकासका कामलाई गुणस्तरीय ढङ्गले अगाडि बढाउन, सरल र प्रभावकारी रुपमा सेवाप्रवाह गर्ने दिशामा प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
‘विभिन्न चुनौतीकाबीच प्रदेश सरकारले काम गरिरहेको छ । भौगोलिक कठिनाइ, गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहमा समस्या छन्,’ मुख्यमन्त्री शाहले भन्नुभयो– ‘भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधन लगायतका समस्या र चुनौतीका कारण प्रदेश सरकारले जनताका अपेक्षाअनुसार काम गर्न सकेको छैन ।’ जनताका अपेक्षाअनुसार काम गर्नेतर्फ सरकार अगाडि बढिरहेको उहाँको भनाई छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग