
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्नेमा जोड दिनुभएको छ ।
सभामुखले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसारमा सोमबार शुभकामना दिँदै ‘नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको स्मरण गराउँदै अब समृद्ध समाज निर्माणतर्फ अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको हो ।
नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरणको अभियानले सात दशक पार गरिसकेको छ, पटक–पटक संविधान बदल्लै अन्ततः सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले संविधान निर्माण गरेको पनि. एक दशक पुग्न लागेको छ’ उहाँको शुभकामना सन्देशमा भनिएको छ ‘अब लोकतन्त्रको संस्थागत र वास्तविक कार्यान्वयनका लागि न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ अघि बढ्नै पर्दछ, लोकतन्त्रले सबै प्रकारका समस्या समाधान गर्न मार्गप्रशस्त गर्दछ भन्ने आमविश्वास रहेको छ ।’
सभामुखले शुभकामनामा २००७ सालपछिका सबै आन्दोलन प्रजातन्त्रकै जगमा भएको स्मरण गराउनुभएको छ । ‘विसं २००७ मा प्रजातन्त्र आएको मुलुकमा बहुदलीय व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ, तर प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ’ सन्देशमा भनिएको छ– ‘२००७ सालपछि भएका जति पनि जनक्रान्ति छन्, ती सबै प्रजातन्त्रकै जगमा भएको हो भन्ने मेरो बुझाइ छ ।’
सभामुखले प्रजातन्त्र र स्वतन्त्रताको जीवन गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा