
काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत आजको खेलमा नामिबियाले जितका लागि नेदरल्यान्ड्सलाई जम्मा १२४ रनको सामान्य लक्ष्य दिएको छ । नेदरल्यान्ड्सका स्पिनर आर्यन दत्तले कीर्तिमानी ६ विकेट लिएपछि नामिबिया १२३ रनमा समेटिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १२३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २६ जोडे भने रुवेन ट्रम्पलम्यानले २० रन बनाए ।
निकोलस डेभिन र जेराल्ड इरास्मस १३-१३ रनमा आउट भए ।
लेग स्पिनर आर्यन दत्तले त्रिवि मैदानको विहानको अबस्थाको भरपुर फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेनलाई ४ रनमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे ।
११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए । एक समय ७.२ ओभरमा २०–० को अवस्थामा पुगेको नामिबिया १३ ओभरमा ४४–६ को दयनीय अवस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि जेन ग्रीन र जेजे स्मिथले ३० रनको साझेदारी गरेका थिए । ग्रीन १९ रनमा क्रसबाट क्याच आउट भएपछि अर्यानले कीर्तिमानी ६ विकेट पूरा गरेका थिए । उनी नेदरल्यान्ड्सबाट ओडीआईमा ६ विकेट लिने पहिलो खेलाडी हुन् ।
नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यन दत्तले ३ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए । तर आज ६ विकेट लिंदै कीर्तिमान बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति