
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले सोमबार प्रजातन्त्र दिवस–२०८० को अवसरमा शुभकामना दिँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका जस्ता आधारभूत विशेषतालाई संविधानको प्रस्तावनामा अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादेन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।
‘प्रजातन्त्रकै जगमा रहेर वर्तमान नेपालको संविधानमार्फत जनतामा नीहित सार्वभौमसत्ता, स्वशासन र स्वायत्तताको अधिकार प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अवलम्बन गरेका छौँ’ उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ‘यसले नागरिकहरूमा स्वतन्त्रताको अधिकारको संरक्षण प्रदान गरी सम्मानपूर्वक बाच्ँन पाउने अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ ।’
शुभकामना सन्देशमा कठिन सङ्घर्ष, चुनौती त्याग र बलिदानको फलस्वरुप निरंकुश राणाशासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने उल्लेख छ । नेपाली जनताको प्रजातन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण प्रजातन्त्रको स्थापना सम्भव भएको उहाँको भनाई छ ।
‘संघ, प्रदेश र स्थानीय तहको राजनीतिक तथा शासकीय संरचनामार्फत शासन, विकास र सेवा प्रवाहको अवसर र लाभ वितरण प्रत्यक्ष रूपमा जनस्तरमा प्राप्त भएको छ’ सन्देशमा भनिएको छ– ‘यसले स्थानीय नागरिकहरूमा सरकार र शासनको अपनत्वको भावना विकास भई स्थानीय स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत देश विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।’
नेपालको एक सय चार वर्ष लामो निरङ्कुश तथा जहानिया तानाशाही राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर शहीदहरुप्रति अध्यक्ष तिमिल्सिनाले भावपूर्ण श्रदाञ्जलि अर्पण गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति