
कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नसच्चिने बताउनुभएको छ ।
अध्यक्ष ओलीले आइतबार नेकपा एमाले कैलालीको नवौ अधिवेशन उद्घाटन गर्दै गठबन्धन सरकारले दमुलुकमा एउटा पनि गतिलो काम नरेको बताउनुभयो । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन’ उहाँले भन्नुभयो – ‘एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ । ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सुध्रिने हो ?’
एमाले अध्यक्ष ओलीले वर्तमान सरकारलाई निकम्माको संज्ञा दिनुभयो । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’ उहाँले भन्नुभयो – ‘हामीले ३ ुसय ९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’
ओलीले मुलुक गम्भीरमा पर्न लागेको उल्लेख गर्नुभयो । ‘अहिले मुलुक गम्भीर मोडमा रहेको छ, ‘राष्ट्रियता कमजोर भएको छ’ उहाँले भन्नुभयो – १स्वाधीनता र स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’
सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाई छ । ‘यो गरिबलाई हेप्ने, न्याय नदिने बलियाका पक्षको सरकार हो, क्विन्टलको क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन’ उहाँले भन्नुभयो– ‘ सरकार निरीह छ । ‘तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ, कारबाही गर्न सक्दैन ।’
एमाले अध्यक्ष विदेश जाने युवालाई रोक्न नसक्नु विडम्बना रहेको धारणा व्यक्त गर्नुभयो । ‘३,४ हजार हरेक दिन विदेश गइरहेका छन् । गाउँबस्तीहरु रित्ता भइरहेका छन् । सरकार हेरिरहेको छ’ उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्री भएको बेला १८ प्रतिशतले बाहिर जानेहरूको संख्या बढेको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थियो । आज ती सडकहरु अलपत्र छन् । ती आयोजना कहाँ गए ? ‘हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।’
ओलीले कैलाली एमालेको नेतृत्वमा सक्षम र योग्य चुन्न सुझाव दिनुभएको छ ।‘सर्वसम्मतिले होस् या लोकतान्त्रिक विधिबाट होस्, यस नेतृत्वले सबै साथीहरूलाई मिलाएर एकताबद्ध बनाएर सिङ्गो नेकपा एमाले उदाहरणीय रूपले अगाडि बढ्नेछ’ उहाँले भन्नुभयो – ‘अनुशासनहीन गुटबन्दी र अराजकता जस्ता कुराहरू सङ्गठनको लागि हानिकारक हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति