
काठमाडौँ । प्रतिनिधिसभाबाट बैङ्किङ कसूर तथा सजाय विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभामा आइतबारको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकमा यस्तो प्रस्ताव पेश गर्नुभएको थियो । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनुहुने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ । बैकिङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।
त्यस्तै यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो । बैंङ्किङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १० गते बिहीबार बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति