
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो । त्यो प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्नुभयो । घटनाबारे छानविन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको तर तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप उहाँको आरोप लगाउनुभयो ।
आर्थिक अनियमताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका व्यक्ति मन्त्रीका रुपमा बहाल रहेको विषयबारे पनि संसदको ध्यानाकर्षण गर्नुभयो । लुम्बिनीको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई भाडामा दिने गरी अघि बढाइएको प्रक्रियाबारे पनि गम्भीर छानविन गरिनुपर्ने उहाँको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बालकुमारी घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले यस्तो घटना हुनुमा भौतिक पूर्वाधार मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको बताउनुहुँदै कारबाहीको माग गर्नुभयो ।
सरकारले आर्थिक अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दा सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु अनुसन्धानका लागि तयार रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटको जग्गा भाडा प्रक्रिया सम्बन्धी विषय संसदमा उठाउनुभयो । जग्गा भाडामा लगाउँदा सबै खरिद प्रक्रिया पूरा भएको दावी गर्नुभयो ।
सांसद प्रेम सुवालले सांसदहरुको विदेश भ्रमणमा हुने खर्च सरकारले स्वयम् बेहोर्नुपर्ने र अन्य मुलुक तथा राजदूतावासको रकममा भ्रमणमा जान रोक लगाइनुपर्ने बताउनुभयो । विभिन्न भ्रष्टाचारका घटनामा दोषीलाई कारबाही गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।
आजको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्न समय उपलब्ध गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति