
मोरङ । बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य(विपीन) स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् ।
पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण बढ्दो पाइएपछि बेलबारी क्रिकेट क्लबले बेलबारी इन्डोर क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य(विपिन) ले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब २५ किमी टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।
पर्याप्त आर्थिक अभावकाबीच बेलबारीमा एकेडेमी सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले बताउनुभयो । यहाँस्थित भगवती माध्यमिक विद्यालयको पाँच कट्ठा जमिन भाडामा लिएर एकेडेमी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा क्रिकेटप्रेमीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै भविश्यमा आवाससहितको एकेडेमी सञ्चालनको लक्ष्य रहेको अध्यक्ष आचार्यले बताउनुभयो । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकीरहेको अवस्थामा स्थानीय स्रोतसाधनबाट मात्र एकेडेमी सञ्चालन गर्न निकै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।
जिल्लाभर जम्मा छ वटा क्रिकेट एकेडेमी रहेका छन् । सोमध्ये चार सदरमुकाम विराटनगरमा रहेका जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महोमद साद(बाबु) ले बताउनुभयो । उहाँका अनुसार महानगबाहिर कटाहरी गाउँपालिका र बेलबारी नगरपालिकामा मात्र एकेडेमी छन् ।
सङ्घको आयोजनामा विराटनगरको वैजनाथपुरस्थित स्व गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा यही फागुन २२ गतेदेखि राष्ट्रिय टि–२० क्रिकेट पुरुष प्रतियोगिता हुने अध्यक्ष सादले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगितामा सातवटै प्रदेशका एक-एक, तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।
जिल्लाबाट हाल राष्ट्रिय टिममा ललितनारायण राजवंशी र अण्डर–१९ को उपकप्तानमा दिपेश कणेल सहभागी हुनुहुन्छ । त्यसैगरी पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान पनि मोरङबाटै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति