
कास्की । पोखरामा आज सम्पन्न १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जित्नुभएको छ । नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुम्नुभएको हो । उहाँले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्नुभएको छ ।
यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गर्नुभयो । पुरस्कारको राशि रु तीन लाख छ ।
अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै रु दुई लाख पुरस्कार प्राप्त गर्नुभयो । नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिनुभयो । उहाँले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रात्साहनस्वरुप उहाँलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद रु एक लाख ५० हजार प्राप्त गर्नुभयो ।
केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभयो । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गर्नुभयो ।
पुरुष १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टङ्कबहादुर कार्की प्रथम, सुवास कार्की द्वितीय हुँदा ३२ मिनेट ३७ सेकेन्डमा पार गर्नुभयो । तृतीय हुनुभएका सञ्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पूरा गर्नुभयो । प्रथम हुनुभएका कार्कीले रु ३० हजार, द्वितीय हुनुभएका सुवासले रु २० हजार र तृतीय हुनुभएका नेपालीले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
महिला १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तृतीय हुनुभयो ।
यसैगरी, पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तृतीय हुनुभयो । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तृतीय हुन सफल हुनुभयो ।
यसैगरी, पाँच किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, नीमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पँगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।
प्रतियोगिताको पाँच किलोमिटर छात्रछात्रा तथा भेट्रान दौडमा प्रथम हुनेलाई जनही रु १५ हजार, दोस्रोलाई जनही रु १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग