
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गरेको हो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाए ।
छैटौँ ओभरमा म्याक्स ओड १० रन बनाएर रन आउट भए । साइब्रान्ड र बास डे लिडेले पाली सम्हाल्ने प्रयास गर्दै गर्दा १६ औँ ओभरमा साइब्रान्ड ललित राजवंशीको शिकार बने । लगतै लिडेलाई पनि उनले आफ्नो दोस्रो शिकार बनाए ।
२६ औँ ओभरमा नोआ क्रोएस १२ रन बनाएर रनआउट हुन पुगे । लगत्तै शून्य रन बनाएका वेस्ले बरेसी भुर्तेल बलमा आउट भए । शरिज अहमद पनि लामो समय टिक्न सकेनन् । उनी कप्तान रोहित पौडेलको बलमा १ रन बनाएर आउट भए ।
आठौँ विकेटका रुपमा आर्यन दत्त १ सय २२ को स्कोरमा आउट भए । लगत्तै कप्तान एडवर्ड पनि ३३ रन बनाएर भुर्तेलको शिकार बने । भिभियन किंग्मालाई भुर्तेलले आफ्नो चौथो शिकार बनाए ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति