
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव भएको छ । केन्द्रीय सदस्य र प्रदेश सभापति सहित २२ नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेश गर्नुभएको छ ।
पूरक प्रस्तावमा हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्यहरू शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव हुनुहुन्छ ।
यसैगरी, केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौलाले पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गर्नुभएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू धर्मको पक्षमा उभिनुभएको छ ।
कांग्रेसजस्तो व्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किराँत धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सदभाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्मनिरपेक्षताको पक्षमा उभिएको उहाँहरूको धारणा छ।
वैदिक सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न त्रिवेणीधाममा भएको महासमिति बैठक र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको विषय पनि उहाँहरूले स्मरण गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति