
काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जोडेको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९, कविता कुँवरले र डली भट्टले समान २३-२३, रुबिना क्षेत्रीले २० तथा सीता राना मगरले ६ रनको योगदान दिएका थिए ।
नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान ८÷८ विकेटले पराजित गरेको थियो ।
मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले समूह चरणमा इन्डोनेसियालाई ६ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।
पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो ।
एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति